Logo
Logo

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बिक्री खुला



काठमाडौ । अप्पर लोहोरे खोला हाइड्रोपावरको साधारण सेयर आइपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।

यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीहोका लागि साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्