Logo
Logo

पर्वतको बस दुर्घटनामा सात जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता



पर्वत, ३ माघ ।

पर्वतमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना भएको हो । दुर्घटनामा ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्