
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै एमालेले अवरोध गरेपछि आजको राष्ट्रियसभा बैठक २२ गतेसम्मलाई स्थगित भएको हो । एमालेको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक स्थगित गरेका हुन् ।
एमालेले सय किलो सुन तस्करी प्रकणमा उच्चस्तरीय छानविन समिति गठन नगरेसम्म सदन चल्न नदिने बताउँदै राष्ट्रिय र प्रतिनिधिसभा दुबै अवरुद्ध गर्दै आएको छ ।














