
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । गएराति आएको पहिरोबाट दुई वटा घर पुरिँदा एकै घरका तीनसहित ४ जना वेपत्ता भएका हुन् ।
तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको दोलखा प्रहरीले जनाएको छ । बेपत्ता र घाइतेको परिचय खुल्न सकेको छैन । बेपत्ता भएकाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।














