Logo
Logo

दोलखा पहिरोमा बेपत्ता मध्ये १ को शव भेटियो, तीन जनाको खोजी जारी


1.2k
Shares

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा बेपत्ता भएका ४ जना मध्ये एक जनाको शव फेला परेको छ । गएराति गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये गौरीशंकर गाउँपालिका–वडा नं ७ का तीन वर्षीय बालक प्रिन्स थामीको शव फेला परेको हो ।

पहिरोमा पुरिएका सोही स्थानका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको दोलखा प्रहरीले जनाएको छ । घाइते तीन जनाको उद्धार गरि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

बिहीबार राती वर्षाको कारण वडा नं ७ बाट आएको पहिरो वडा नंं ८ को बस्तीमा पसेर सो मावनीय क्षति भएको दोलखाका सूचना अधिकारी औलाख बहादुर आलले जानकारी दिए । पहिरोले सात घर पूर्ण रूपमा क्षति भएका छन् भने वडा नं ७ र ८ का २० घर बढी पहिरोको उच्च जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस्