Logo
Logo

राजकाज



संसद् कर्मकाण्डी,
समिति झन् कर्मकाण्डी
त्यसैले उपस्थिति झिनो
नाटक, सिर्फ नाटक
स्थिति झन् विकट
छैन कोही निकट
राजकाज त प्रहसन पो भयो
सबैभन्दा ठूलो लुटेरा
सबैभन्दा ठूलो इमानदार आफैलाई भन्ने
भ्रष्टाचार विरुद्धको
शून्य सहनशीलताको गफ सुनाएर
दोस्रो भन्ने– बिगारेको छैन, डराउँदिन
तेस्रो लुटेरा– भ्रष्टाचारीमाथि अन्तिमसम्म छानबिन हुनै पर्दछ
एकले अर्कोको ‘बडी’ नाङ्गो देखेका छन्
खेलेका छन् निर्धक्कसँग
कसैको न्यारो बडीमा, कसैको वाइड बडीमा
यति– छन्दमा सास लिने र रोकिने ठाउँ
त्यो बन्यो भ्रष्टाचार
त्यसैले–
तिन जना भेट्दा– हा! हा!! अट्टहास
यो त नाटक मञ्चन मात्र भएन
‘म्याड हाउस’ पो बनाए ।

प्रतिक्रिया दिनुहोस्