Logo
Logo

एकीकृत समाजवादीद्वारा केन्द्रीय सदस्य कर्माचार्यलाई पार्टीबाट निष्काशित


5.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ । सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका कर्मचार्यलाई शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साधरण सदस्यतासमेत नरहनेगरी निष्कासन गरेको हो ।

पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाका विरुद्धमा कृयाकलाप गरेको र पटक पटक सम्झाउँदासमेत पार्टी हितविरुद्ध गतिविधि गरेकाले उनलाई निष्कासन गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसैबीच कर्माचार्य नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ । एमालेमा प्रवेश गर्नुअगाडि नै उनलाई एकीकृत समाजवादीले निष्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्