Logo
Logo

पाटीमा गएका पुलिस क्लबका खेलाडी शाहमाथि निर्घात कुटपिट


28.7k
Shares

काठमाडौं । नेपाल पुलिस क्लबका खेलाडी भरत शाह कुटिएका छन् । प्रहरी क्लबका पूर्वकप्तान रितेश थापाले सामान्य विवादमा शाहनिर्घात कुटपिट गरेको बताइएको छ । कुटपिटपछि घाइते भएका शाहको अहिले बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले १० साउनमा बोलाएपछि दुवै जना कमलपोखरीस्थित एक रेष्टुरेन्टमा पुगेका थिए । त्यसक्रममा विवाद भएपछि रितेश थापाले शाहलाई कुटपिट गरेको प्रहरीको भनाइ छ ।

घटनाबारे जानकारी पाएपछि छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ । प्रहरी कर्मचारी त्यसमाथि खेलाडीसमेत रहेकाले आचरण विपरीतको काम गरेको पाइएपछि प्रहरी नायब निरीक्षक (सई) रितेशलाई निलम्बन गरिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एआईजी टेकप्रसाद राईले बताए । उनका अनुसार छानबिनका लागि एसएसपी वेलबहादुर पाण्डेको नेतृत्वमा समिति गठन गरिएको छ ।

राष्ट्रिय टिमका पूर्वखेलाडी रितेश म्याच फिक्सिङ प्रकरणमा परेपछि फुटबल खेल्न प्रतिबन्धित भएका थिए । पछि सफाइ पाएर उनी प्रहरीको जागिरमा जोडिएका थिए ।

प्रतिक्रिया दिनुहोस्