Logo
Logo

सिंहदरबारमा ‘अखडा’ जमाइरहेका कर्मचारीलाई अन्यत्र पठाइन्छ : सामान्य प्रशासनमन्त्री


441
Shares

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सिंहदरबारमा लामो समयदेखि ‘अखडा’ जमाइरहेका कर्मचारीलाई अन्यत्र सरुवा गर्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले कर्मचारीको सरुवा र जिम्मेवारी पनि ज्येष्ठता तथा क्षमताका आधारमा हुने बताए । उनले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिए । उनले कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि यथाशीघ्र मन्त्रिपरिषदमा लैजाने बताए ।

मन्त्री मोदीले भने, ‘तीन सयभन्दा बढी ठाउँमा लामो समयसम्म निमित्तको जिम्मेवारीमा रहेका पालिकामा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ, अनुमानयोग्य कर्मचारी सरुवा मापदण्ड बनाउने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।’

उनले मधेस प्रदेशका पालिकामा निमित्तबाट चलाउने कार्य शून्यमा झारिएको जानकारी दिए । सरकारले अर्थतन्त्र सुधार, जनजीविकाका मुद्दा तथा विकास र समृद्धिको विषयलाई पनि उच्च महत्त्व दिएको बताउँदै मन्त्री मोदीले देशमा पछिल्ला समय भएका विभिन्न घटनाका सम्बन्धमा सरकारले निष्पक्ष छानबिनका लागि निर्देशन दिँदै वातावरण बनाइरहेको बताए ।

यसअघि बैठकमा सदस्यहरुले सङ्घीय निजामती ऐन, सुन प्रकरणलगायतका घटना तथा भ्रष्टाचारसँग जोडिएका विषयका सम्बन्धमा जिज्ञासा माग बताए ।

प्रतिक्रिया दिनुहोस्