Logo
Logo

उपचारको क्रममा गर्भवतिको मृत्यु भएपछि मनकामना अस्पतालमा तनाव


3.3k
Shares

चितवन । चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ ।

भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएपछि उपचारमा अस्पतालको लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका हुन् ।

रक्तश्राव भएर अस्पताल आएकी नविनाको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको छ । महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको बताए ।

अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको आरोप लगाउँदै मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् ।

अहिले अस्पताल र मृतकको आफन्तसँग छलफल सुरु गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्