Logo
Logo

माओवादी बैठक : आज अध्यक्ष प्रचण्डले जवाफ दिने


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । गत बुधवारदेखी सुरु भएको केन्द्रीय समिति बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।

बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ आफ्नो धारणा राखिसकेका छन् । हिजोको बैठकमा वर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ आफ्नो धारणा राखेका थिए ।

बैठकमा मुख्य गरी मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा छलफल भइरहेको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने बताइएको छ । त्यसपछि
बैठकमा उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्