Logo
Logo

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बोलाइएको छ ।

आज बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। हिजो(शनिबार) बसेको बैठकमा १८ जना सदस्यले आफ्ना धारणा राखेको उनले बताए ।

आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषयमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने खतिवडाले बताए।

शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेको स्थायी कमिटी सदस्य तुलबहादुर गुरूङले जानकारी दिए। त्यस्तै महाधिवेशनबारे पनि छलफल भएको उनले बताए।

एकीकृत समाजवादीले ३५ सदस्यीय पदाधिकारी बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्