Logo
Logo

भारतमा सवारी दुर्घटना हुँदा ६ जना नेपाली मृत्यु


1.6k
Shares

नेपालगन्ज । भारतमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ।

शनिबार साँझ साढे ६ बजे भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा नेपालगन्जका व्यापारी दुई परिवारका गरी ६ जनाको मृत्यु भएको हो।

दुर्घटनामा परि मृत्यु हुनेमा त्रिभुवन चोकस्थित ‘एसकुमार वाच’का सञ्चालक घडी व्यवसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरी रहेका छन् । यस्तै गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको मृत्यु भएको नेपालगन्जका प्रहरी नायब निरीक्षक नारायण डाँगीले जानकारी दिए।

भारतबाट नेपालगञ्ज फर्किदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो। उत्तर प्रदेशको सञ्चारमाध्यमले कार रुखमा ठोक्किएर दुर्घटना भएको जनाएको छ। कारका चालक गम्भिर घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्