Logo
Logo

आँखा पाक्ने रोग बढेपछि प्रतापपुरमा ३ दिन विद्यालय बन्द



परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढेको भन्दै तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

पालिकाभित्र आँखा पाक्ने रोग बढ्दै गएको र विद्यालय उमेरका बालबालिका प्रभावित भएकाले साउन २१ ,२२ र २३ गते तीन दिन पालिका भित्रका सामुदायिक, निजी लगायत सबै शैक्षिक संस्था बन्द गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवद्वारा सूचना जारी गर्दै प्रकोप रोक्नका लागि सरसफाइ, सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् । आँखामा समस्या देखिएका व्यक्तिले चस्माको प्रयोग गर्न र भीडभाडमा नजान पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्