Logo
Logo

न्यायाधीश सुवेदीका पीएसओको पेस्तोल चोर्ने २ जना पक्राउ



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा प्रहरले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ रहेका छन् । उनीहरुले असार ३० असार गते चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुंगेलले बताए ।

साथै उक्त पेस्तोलमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको छ । सई खड्काको घरको झ्याल खुल्लै रहेको अवस्थामा अंकुशे लगाएर झोला तानेर झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत चोरी गरेको प्रहरीले जनाएको छ ।

पेस्तोल चोरी भएलगत्तै उनले भोलिपल्ट प्रहरी वृत्त, बौद्धमा जानकारी गराएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्