Logo
Logo

बालुवाटारमा माओवादीको पदाधिकारी बैठक जारी


1.4k
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको पधाधिकारी बैठक बसिरहेको छ । गत बुधबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठक समापनको विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादीको पदाधिकारी बैठक जारीमा पधाधिकारी बैठक बसेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरिएको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन, परिवर्तित प्रतिवेदन लगायतका विषयमा छलफल भइरहेको सचिव हितराज पाण्डेले जानकारी दिए ।

जारी केन्द्रिय समिति बैठकमा शनिबार केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखेका थिए । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रचण्डले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन् ।

बैठकमा बोल्न करिब ४१५ जनाले नाम टिपाएपनि २०० जना बोल्न बाँकी रहेको छ । उनीहरू सबैले बोल्ने आकांक्षा देखाए पछि बैठक शनिबार अबेरसम्म सञ्चालन गरिएको थियो । बोल्न नाम टिपाएका बाँकी सदस्यहरूले आज लिखित जवाफ दिने कार्यसूची रहेको सचिव पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्