Logo
Logo

रवि लामिछानेको दाबी- ब्लु बसमा पनि कुनै समस्या छैन


2.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताएका छन् ।

मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको एम्बुलेन्स फिर्ता भएपनि लामिछानेले समाजिक सञ्जालमार्फत सेवा जारी रहने लामिछानले बताएका हुन्

‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो । मोबाइल क्लिनिक चालू छ । आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ,’ उनले भनेका छन् । ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै २ वटा मोबाइल क्लिनिक सेवा सञ्चालनमा ल्याउने उनले बताए ।

त्यस्तै उनले महिलाहरूका लागि निःशुल्क सञ्चालन गरिएको ब्लु बसमा पनि कुनै समस्या नभएको दाबी गरेका छन् । लामिछानेले सञ्चालन गरेको उक्त बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ ।

उनले भनेका छन्, ‘मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला । हैट हेडलाईन आतंक र …हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्