Logo
Logo

गोलन्जोर २ का वडाध्यक्ष दौलत कार्कीद्वारा आत्मसमर्पण


14.8k
Shares

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं २ का अध्यक्ष दौलत कार्कीले जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा आत्मसमर्पण गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पक्राउ पुर्जी जारी गरेको झण्डै डेढ महिनापछि कार्कीले प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गरेका कार्की नियन्त्रणमा लिएर प्रहरीले हिरसतमा राखेको छ ।

गोलन्जोर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलले आफुलाई वडाध्यक्ष कार्कीले अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएका थिए । थप अनुसन्धानका लागि जिल्ला अदालतमा म्याद थप्न पठाइएको प्रहरीले जनाएको छ ।
कुटपिट लगायतका घटनामा बारम्बार विवादमा आइरहने वडाध्यक्ष कार्की यसअघिका घटनामा भने माफी पाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्