Logo
Logo

आममाफी दिनेगरी अघि बढाइएको विधेयकमा परिमार्जन गर्न माग


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गम्भीर प्रकृतिका मानवअधिकार हनन्का घटनामा संलग्नहरुलाई आममाफी दिनेगरी अघि बढाइएको विधेयकमा परिमार्जन गर्नुपर्ने बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाजले आइतबार काठमाडौंमा आयोजना गरेको संसदमा प्रस्तुत केहि संशोधन विधेयकहरुका सम्बन्धमा सांसदहरुसंगको छलफल कार्यक्रममा लेखकले राजनीतिक बिचार बिचार बोकेका संगठीत समूहरुलाई मूल राजनीतिमा फर्काउनका लागि ती समूहका सदस्यमाथि लागेका मुद्दाहरु फिर्ता दिने व्यवस्थामा गहन छलफल गरेर आवश्यक परिमार्जन गरिने बताएका हुन् ।

सरकारले हतियार उठाएका समूहरुसंग वार्ता गरेर सम्झौता गरेको र सम्झौतामा मुद्दाहरु फिर्ता दिने वा माफी दिने बिषय उल्लेख भएको र ती बिषयलाई सम्बोधन गर्नका लागि आवश्यक ऐन ल्याउन खोजेको देखिएको उनले बताए ।

लेखकले सरकारले यसअघि गरेको सहमति सम्झौता कार्यान्वयनका लािग विधेयकमा माफीको बिषयलाई उल्लेख गरेपनि यसमा देशव्यापी चर्चा भएका कारण कानूनी राज्यको सिद्धान्त अनुसार दण्डहिनता नहुने स्थीतिलाई मध्यनजर गरेर परिमार्जन गर्नुपर्नेमा जोड रहेको धारणा राखे ।

त्यस्तै लेखकले द्वन्द्वकालीन समयमा भएको गम्भीर प्रकृतिका मानवअधिकार हनन्का घटनामा सवैलाई माफी दिने हो की भन्ने चिन्ता जायज रहेको र द्वन्द्वकालीन घटनालाई संक्रमणकालीन न्यायसम्बन्धी कानूनले नै आवश्यक सम्बोधन गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्