Logo
Logo

एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेकाहरुलाई सीआईबीको हिरासतमा पठाइयो


4k
Shares

काठमाडौँ । झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपितलाई राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पठाइएको छ । यसअघि उनीहरु पुल्चोकस्थित राजस्व अनुसन्धान विभागको हिरासतमा थिए ।
आइतबार विभागले उक्त सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएसँगै उनीहरुलाई सीआईबीको हिरासतमा पठाइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको करिब एक सय किलो सुन कारोबारमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङसहित १७ जना हिरासतमा छन् ।
हालसम्मको अनुसन्धान तथ्यसहित पक्राउ परेकाहरुलाई ब्युरोको जिम्मा लगाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

यसअघि अनुसन्धान जिम्मा प्रहरीलाई दिनुपर्ने माग उठेपनि विभाग आफैंले निष्कर्षमा र्पुयाउने बताउँदै आएको थियो । उक्त सुन प्रकरणमा विभागले अहिलेसम्म १८ जनालाई पक्राउ गरेको छ । जसमध्ये एकजना हाजिर जमानीमा छुटेका छन् । उक्त सुन तस्करीको मूल गिरोह भने अझै अनुसन्धानको दायराबाहिर छ ।

प्रतिक्रिया दिनुहोस्