Logo
Logo

तीन जिल्लाका सिडिओ फेरिए




काठमाडौैं । गृह मन्त्रालयले तीन जिल्लाका सिडिओ हेरफेर गरेको छ । खोटाङ, जाजरकोट र अछाममा नयाँ सिडिओ खटाइएको हो ।


खोटाङमा सहसचिव सन्तबहादुर सुनुवारलाई खटाइएको छ । खोटाङमा सिडिओ रहेको भोजराज खतिवडा भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा परेपछि रिक्त थियो ।


त्यस्तै, अछाममा उपसचिव शरद पोखरेललाई खटाइएको छ । अछाममा शिवराज न्यौपाने कार्यरत थिए । जाजरकोटमा उपसचिव सुरेश सुनारलाई पठाइएको छ । जाजरकोट पनि रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्