Logo
Logo

पेस्तोल हराएपछि प्रहरीका सइ निलम्बित




काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

सिन्धुलीका मेघबहादुर तामाङ र सिन्धुपाल्चोकका बासुदेव थामीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

कागेश्वरी मनोहरा नगरपालिका– १ स्थित सई खड्काको घरबाट गत ३१ असारमा पेस्तोल चोरी भएको थियो । सो पेस्तोल नारायणटार बस्ने तामाङको कोठाबाट बरामद भएको जिल्ला परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

सो घटनामा सई खड्कालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी आन्तरिक छानबिन गरिरहेको छ । झ्यालबाट तानेर सो पेस्तोल चोरी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्