Logo
Logo

युरोप उडे माधव नेपाल, भुसाल बने कार्यवाहक अध्यक्ष


1.8k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल स्विजरल्यनण्ड प्रस्थान गरेका छन् । अध्यक्ष नेपाल युरोपीयन मुलुकमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन् सोमबार बिहान जेनेभा प्रस्थान गरेका हुन् ।

उनी स्विटजरल्यान्ड, स्पेन, बेलायत आदि देशमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुने छन्।

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बेदुराम भुसालले पाएका छन्। अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीको कार्यभार उपाध्यक्ष भुसालले सम्हाल्ने भएका हुन् । अध्यक्ष नेपाल भदौ १ गते नेपाल फर्कने छन्।

प्रतिक्रिया दिनुहोस्