Logo
Logo

प्रहरीको सरुवा मापदण्ड फेरि संशोधन हुँदै



काठमाडौं । नेपाल प्रहरीमा सरुवा मापदण्ड संशोधन हुने भएको छ । प्रहरी प्रधान कार्यालयले नयाँ मादपण्ड बनाएर स्वीकृतीका लागि गृह मन्त्रालय पठाएको छ ।


रवि लामिछाने गृहमन्त्री हुँदा मापदण्ड बनाएर कार्यान्वायन गरिएको थियो । त्यो मापदण्डअनुसार सरुवा गर्न अहिले समस्या भएपछि संशोधन गर्न लागिएको छ। प्रहरीमा पटक पटक सरुवा मापदण्ड फेरिदै आएको छ ।

प्रहरीमा विभिन्न पदमा सरुवा रोकिएका छन् । नयाँ मापदण्ड बनाएर एसपी, डिएसपी र इन्सपेक्टरको सरुवा गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ । इन्सपेक्टर भन्दा तल्लो तहको पनि सरुवामा पनि मापदण्ड लागू गर्न खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्