Logo
Logo
सुन तस्करी प्रकरण

एसपी सञ्जयसिंह थापाको नेतृत्वमा अनुसन्धान


21.4k
Shares

काठमाडौं । करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान एसपी सञ्जय सिंह थापाको कमाण्डमा हुने भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी थापाको कमाण्डले यो सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

एसपी थापाको कमाण्डले आवश्यकता अनुसार प्रहरीहरुको सहयोग लिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि राजश्व अनुसन्धान विभागले सीआईबीलाई आइतबार थप अनुसन्धानका लागि फाइल बुझाएको थियो ।

यो प्रकरणमा पक्राउ परेका १७ जनालाई पनि राजश्वबाट सीआईबीको हिरासतमा लगिएको छ । अब सीआईबीले उनीहरुमाथि थप अनुसन्धान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्