इलाम । लिम्बू विद्यार्थी मञ्च इलामले लालमोहर सन्धिको अवसरमा एसईई सम्मान तथा कविता वाचन कार्यक्रम मनाएको छ ।तत्कालीन लिम्बुवान गोर्खा सन्धि १८३१ साउन २२ गते हरेक वर्ष मञ्चले कार्यक्रम गरि मनाउँदै आएको छ ।
कार्यक्रममा लिम्बुवान गोर्खा सन्धि १८३१ साउन २२ सम्बन्धी विषयवस्तु इतिहासविद् मोहन सिं थेवेले सम्भाषणको रुपमा राखेका थिए । विषयवस्तुमा टिकाटिप्पणी प्राज्ञ तथा समालोचक कवि मुनाराज शेर्माले गरेका थिए ।

कार्यक्रममा एसईई सम्मान अन्तर्गत जिल्लाका दुई उत्कृष्ट छात्र तथा छात्रा लिम्बू विद्यार्थीहरूलाई सम्मान गरिएको छ । सम्मानित हुने विद्यार्थीहरूमा छात्रतर्फ उत्सव सुब्बा लाबुङ र छात्रातर्फ सोहानी सुब्बा अगुवा छन् ।
लाबुङले इलामको समालबुङ माध्यमिक विद्यालयबाट २०७९ को एसइइ परिक्षमा सामेल भई ३.६० जि.पि.ए र अगुवाले बालमण्डल माध्यमिक विद्यालयबाट ३.६० जि.पि.ए ल्याई सम्मानित भएका हुन् । लाबुङ सूर्योदय नगरपालिका ५ का हुन् भने अगुवा इलाम नगरपालिका ४ का हुन् । लाबुङ र अगुवा यस वर्षका सबै भन्दा बढि अङ्क ल्याउने लिम्बू विद्यार्थीहरू हुन् । दुवैजना विद्यार्थीलाई नगद ५ हजार ५ रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
अर्कोतर्फ कवि तथा फरक आयमका संयोजक जितेन पंधाक मुस्कानले कविता तथा गजल प्रस्तुत गदै कार्यक्रमलाई उत्साहित बनाए । कवि पंङधाकले पहिचानवादी करिव आधा दर्जन कविता र गजल सुनाएका थिए ।

समालोचक प्राज्ञ शेर्माले समेत कार्यक्रमको टिकाटिप्पणी गर्दै आफ्ना कविता वाचन गरेका थिए । उनको कविताले समेत कार्यक्रम समेत अर्थपूर्ण बनेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लिबि मञ्चका बरिष्ठ उपाध्यक्ष राम लिङदम, किरात याक्थुङ चुम्लुङका संघीय सचिव अभिषेक येक्तेन, लिबिका कानुनी सल्लाहकार याम प्रसाद लिम्बू, संस्थापक सचिव सन्तोष नेम्बाङ, र निवर्तमान अध्यक्ष अतीत योङहाङ लगायतले विषयवस्तु सम्बन्धी मन्तव्य राखेका थिए ।
लिम्बू विद्यार्थी मञ्च इलामका अध्यक्ष राजेन्द्र फागोको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमल नेम्बाङ समुन्द्रको स्वागत मन्तव्य र सचिव सुशील मेरोहाङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।














