Logo
Logo

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह


4.9k
Shares

काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी र खोलाहरुमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भइरहेको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ ।

बाढीको सतह सतर्कताको तहसम्म पुगेकाले नदी तटीय क्षेत्रहरूमा बसोबास गर्ने र किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्