Logo
Logo

डुब्यो बनेपाको धनेश्वर क्षेत्र


1.9k
Shares

काठमाडौं । गएराति देखि परेको भारी वर्षाका कारण बनेपाको धनेश्वर क्षेत्र डुबानमा परेको छ । काभ्रेको व्यस्त सडकका रूपमा रहेको बनेपा–पनौती सडक खण्ड अन्तर्गत धनेश्वर क्षेत्र डुबानमा परेको हो ।

गएरातिबाट परेको अविरल वर्षाको कारण मंगलबार बिहान धनेश्वर क्षेत्र भएर बग्ने पुन्यमाता खोलामा पानीको सतह बढ्दा खोला पुलमाथिबाट सडकमा आएको छ । उक्त क्षेत्र पुरै डुबानमा परेको स्थानीयको भनाई छ ।

बाढीबाट हुने सम्भावित क्षतिबाट बच्न डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह स्थानीय जनप्रशासन र प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्