काठमाडौं, १६ पुस । ३० वर्ष जागिर अवधि नपुगी सशस्त्र प्रहरी बलका तीन जना डिआईजीले अवकास पाएका छन् । डिआईजीको पाँच वर्षै पदावधिका कारण सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धिताल रहेका छन् । डिआईजीको पदावधि ६ वर्ष बनाएर जागिर लम्बाउने उनीहरुको प्रयास सफल हुन सकेन ।

२०५१ सालमा भर्ना भएका तिनै जना दरबन्दी थपका लागी लागेपनि गृह नेतृत्व सकरात्मक नबन्दा २५ वर्षमै तीनै जना डिआईजी अवकासमा गएका हुन् ।
अवकाश पाएका डिआईजी श्रेष्ठ सशस्त्रमा शैलेन्द्र खनालपछिका आईजिपीका दाबेदार थिए । तर, उनलाई भाग्यले साथ दिएन । जागिरको २५ वर्षमै अवकाश लिन बाध्य भएकाछन् ।
उनीहरुको अवकाशसँगै सशस्त्रमा डिआईजीको रिक्त दरबन्दी ६ पुगेको छ । डीआईजी रामप्रकाश श्रेष्ठ, वसन्त बानियां र राजुराम सुवालको अवकाशका कारण यसअघि नै तीन पद रिक्त छन् ।
रिक्त दरबन्दीमा बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, केबी ब्रम्हाचार्य, हरिशचन्द्र अधिकारी, वंशिराज दाहाल, किशोर प्रधान, अभिकुमार खत्री र गणेश ठाडा मगर लगायत प्रतिस्पर्धामा छन् । उनीहरु बढुवाको दौडधुपमा लागिसकेका छन् ।












