Logo
Logo

बनेपाको पुलबजार क्षेत्र डुबानमा, बीपी राजमार्ग अवरुद्ध


3.2k
Shares

काभ्रे । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ । बनेपाको पुलबजार क्षेत्र डुबानमा परेकाले अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या भएको छ ।

वर्षाका कारण पुण्यमति खोलामा पानीको बहाव बढेर सडकमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले जानकारी दिए । उनका अनुसार अरनिको राजमार्ग भएर गुड्ने साना सवारी साधनलाई समस्या भएको बताए । ‘ठूला सवारीलाई समस्या छैन, साना सवारीलाई नालाको बाटो हुँदै पठाइरहेका छौं,’ उनले भने, ‘बाटो खुलाउने प्रयास गरिरहेका छौं ।’

त्यस्तै, वर्षाका कारण धनेश्वर पुल, इट्टाभट्टाको रेशम मार्ग क्षेत्र पनि डुबानमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै, बाढीकै कारण काभ्रको रोशी गाउँपालिकास्थित तालढुंगा क्षेत्रमा आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्