Logo
Logo

सडक भासिएपछि सुदूरपश्चिमका तराई-पहाडी क्षेत्रबीच सम्पर्क टुट्यो


1.7k
Shares

काठमाडौं । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको गोदावरी नगरपालिका–४, मा सोमबार राति पहिरो खसेपछि सडक अवरुद्ध बनेकाे हो ।

सोमबार राति पहिरो खसेपछि अवरुद्ध भएको सडक ठाउँ-ठाउँमा चिरा परेर भासिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको हुँदा सडक खुलाउन समस्या भइरहेको कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, अछाम, डोटी, बाजुरा, बैतडी, बझाङ र दार्चुलाबाट आएका गाडी अहिले धनगढी आउन सकेका छैनन् । पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाडौं जाने यातायातका साधन बाटोमै रोकिँदा सयौँ यात्रुहरू अलपत्र परेका छन् भने सुदूरपश्चिमका तराई र पहाडी क्षेत्रबीच सम्पर्क विच्छेद भएको छ ।

प्रतिक्रिया दिनुहोस्