
काठमाडौं । बालुवाटारमा सभामुखसहित तीन दलको बैठक सुरु भएको छ ।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक सुचारू गर्न प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बैठक सुरु भएको हो ।
बैठकमा शीर्ष नेतासहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् । सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग गर्दै एमालेले केहि दिनदेखि संसदको दुबै सदन अवरुद्ध गर्दै आइरहेको छ ।














