Logo
Logo

गौर हत्याका पीडित र सरकारबीच ५ बुँदे सहमति


1.5k
Shares

काठमाडौं । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । मंगलबार सरकारसँग पाँचबुँदे सहमति भएसँगै समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको हो ।

गृह मन्त्रालयमा भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तभ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको छ ।

२८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो । संघर्ष समितिले १३ साउनदेखि धर्ना दिनुका साथै प्रदर्शन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्