Logo
Logo

एसपीलाई जिल्ला छाड्न १२ घन्टे ताकेता


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, १७ पुस ।
चितवनका विवादास्पद एसपी दानबहादुर मल्ललाई सरुवा भएको कार्यालयमा जान प्रहरी प्रधान कार्यालयले १२ घन्टे अल्टिमेटम दिएको छ । रमाना नबुझेपछि बुधबार यस्तो ताकेता भएको हो । डिएसपीलाई चार्ज बुझाएर रमाना लिन उनलाई भनिएको छ । प्रदेश कार्यालयमार्फत यस्तो ताकेता दिइएको हो ।

एसपी दानबहादुर मल्ल

चितवनमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई पठाएको थियो । तर, प्रचण्डको पावर लगाएर मल्लले जिल्ला छाड्न नमानेपछि विवाद भएको थियो । उनीसहितका केही जिल्ला इन्चार्जको १० महिनामा नै सरुवा भएको थियो ।


ताकेतापछि एसपी मल्ले बिहीबार जिल्ला छाड्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्