Logo
Logo

एएफसी कप छनोट : पारोमाथि मछिन्द्रको जित, अबको खेल मोहन बगानसँग


1.2k
Shares

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानको पारो एफसीलाई हराउँदै नेपालको मछिन्द्र फुटबल क्लबले दोस्रो चरणमा प्रवेश गरेको छ ।

आज (मंगलबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पाहुना टिम पारोलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रले अब छनोटको दोस्रो चरणमा भारतको क्लब मोहन बगानविरुद्ध खेल्ने छ ।

मछिन्द्रलाई जित दिलाउनको लागि विमल घर्तिमगर, आयुश घलान र अफिज ओलावालले समान एक–एक गोल गरे । पारोका काजुओ होम्मा र इभान्स असान्टले गोल फर्काए ।

विजेता मछिन्द्रले अब १६ अगष्टमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग कोलकतामा खेल्ने छ । यो खेलको विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग अगष्ट २२ मा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्