Logo
Logo

३३ किलो सुन ल्याँइदा कांग्रेसको सरकार थियो : नेता रिजाल


1.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता बिष्णु परजालले ३३ किलो सुन नेपाल भित्राउँदा नेपाली कांग्रेसको सरकार रहेको बताएका छन् । सुन तस्करी प्रकरणका बारेमा सवत्र चर्चा भइरहकेमो बेला नेता रिजालले ०७४ मा ३३ किलो सुन नेपाल भित्रिदा कांग्रेस नेतृत्वको सरकार रहेको बताएका हुन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३३ किलो सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितीले एक तोला सुन पनि नभेटेको भन्ने अभिव्यक्तिलाई लक्षित गर्दै नेता रिजालले उक्त सुन भित्रिदा कांग्रेस नेतृत्वको सरकार रहेको र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा छानविन भएको बताएका छन् । उनले ओली प्रधानमन्त्री हुँदासम्म उक्त सुन सम्बधित ठाउँमा पुगिसकेको बताए

‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रधानमन्त्री र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उनले भनेका छन, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए ।’ नेता रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

पछिल्लो समय साउन २ गते त्रिभुवन विमानस्थलबाट भनसार पास भइसकेको अवस्थामा एक सय किलो सुन बरामत भएपछि सत्ता पक्ष र प्रतिपक्षबीच तस्करीको दोषारोपन भइरहेको छ । सुन प्रकरणलाइ लिएर ससदमा बादबिबाद भइरहदाँ रिजालको यो टिप्पणी सार्बजनिक गरेका हुन् ।

एक सय किलो सुन बरामत प्रकरणलाई लिएर प्रतिपक्षी दल एमालेले दुवै सदन अवरुद्ध गर्दै आएको छ उक्त सुन तस्करीको छानविनका लागि उच्चस्थरिय समिति बनाउनुपर्ने माग एमालेको रहको छ ।

प्रतिक्रिया दिनुहोस्