Logo
Logo

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच छलफल


1.6k
Shares

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी छ ।

संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ।

एमालेले तस्करीको सय किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै केहि दिनदेखि संसद अवरोध गर्दै आएको छ ।

संसद खुलाउनका लागि यसअघि सोमबार र मंगलबार छलफल भएका थिए । तर, उक्त छलफलमा सहमति जुट्न नसकेपछि एमालेले प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्