
काठमाडौं सरकारले १८ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार १८ जना शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
मन्त्रालयले मधेश प्रदेशसहितका स्थानीय तहबाट सरुवा गरिएका शाखा अधिकृतहरू भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत आएका छन् ।
















