
काठमाडौं । नेपाल बिद्धाथी संघको असन्तुष्ट समुहका नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् ।
नेविसंघको हालै मनोनित केन्द्रिय सदस्यहरुमा सक्रिय कार्यकर्ता नपरे पछि असन्तुष्ट समुहले हिजो सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरुलाई सानेपास्थित केन्द्रिय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन् ।
नेविसंघका असन्तुष्ट समुहका बिद्यार्थी नेता योगेन्द्र रावलका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट बिद्यार्थी नेताहरुले आज घर घेराऊ गरी नेबिसंघ केन्द्रिय समिति सदस्य मनोनयनमा पुर्नबिचार गर्न दबाब दिइनेछ ।
नेबिसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रिय समितिमा मनोनयन गरेका हुन् । उनले गरेको सो मनोयननमा स्वयं रावल पनि अटाएका छैनन्














