Logo
Logo

बानेश्वरमा ट्याक्सी व्यवसायीको आन्दोलन


882
Shares

This image has an empty alt attribute; its file name is taxi-prardasan.jpg

काठमाडौं । रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यवसायीले प्रदर्शन गरेका छन् ।

बिहीबार नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको आयोजनामा बानेश्वरस्थित यातायात विभाग अगाडि उनीहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् । करिब तीन सय ट्याक्सी बाटोमा राखेर विभिन्न मागसहित ट्याक्सी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले रातो नम्बर प्लेटका निजी दुई तथा चार पाङ्ग्रेले गर्ने भाडाको काम तुरुन्त बन्द गर्नुपर्ने र ट्राफिक प्रहरीले ट्याक्सी व्यवसायीमाथि गर्ने ज्यादती तुरुन्त बन्द हुनुपर्ने लगायतका माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्