Logo
Logo

पोखरा बसपार्कबाट सुनसहित एक महिला पक्राउ



काठमाडौं । पोखरा बसपार्कबाट एक महिला सुनसहित पक्राउ परेकी छन्। झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई २८ तोला सुनसहित पोखरा प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा पुगेकी गुरुङलाई आज (बिहीबार) बिहान साढे ७ बजे पोखरा बसपार्कबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनको साथमा ठुलोमात्रामा सुन रहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

बसबाट ओर्लिएपछि प्रहरीले गुरूङमाथि चेक गर्ने क्रममा सुन बरामद भएको हो । गुरूङले छातीमा सेतो टेपले बेरेर सुन लुकाएर राखेकी थिइन् । २८० ग्राम २८ मिलिग्रामको सुन रहेको प्रहरीले जनाएको छ। उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्