Logo
Logo

गगनको क्षेत्रमा बालेनको डोजर पुगेपछि…


11.6k
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिका–७ स्थित कपन खोलामाथिको स्लाव हटाउन महानगर प्रहरीले डोजर चलाएपछि विवाद भएको छ ।

बिहीबार बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका–७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन हटाउन महानगरले डोजर चलाएपछि विवाद भएको हो ।

बुढानीलकण्ठ क्षेत्रमा महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका थिए भने स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन् ।

खोलाको तलतर्फ ह्युम पाइप राखिएकाले उक्त क्षेत्रमा सानो पानी पर्दा समेत डुबान हुने गरेको छ । यो क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्