Logo
Logo

देशको जाति, भाषा र धर्मको हितमा एमाले दृढतापूर्वक उभिन्छ : सुवास नेम्बाङ


693
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ फर्काएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार विश्व आदिवासी दिवस समारोहलाई सम्बोधन गर्दै २०८४ को चुनावमा आफूहरूलाई बहुमत दिए संसदबाटै सबै प्रदेशका नाम संशोधन गर्ने बताएका थिए ।

नेता नेम्बाङले त्यसको जवाफमा भने, ‘हिजोमात्रै कोशी प्रदेशको सन्दर्भलाई लिएर एकजना मित्रले भन्नुभयो । ०८४ मा भोट हालेर हामीलाई जिताउनुभयो भने म कोशी प्रदेशको नाम नै फेर्दिन्छु । हामी त्यसरी शर्तबन्दी गर्दैनौँ । यो देशको विविध जाति, भाषा र धर्मको हितमा नेकपा एमाले जैलेसुकै दृढतापूर्वक उभिन्छ । हामीले हाम्रो व्यवहारबाट पूरा गरेका छौँ ।’

उनले एमालेको नेतृत्व र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवाद उन्मुख संविधान जारी भएको समेत दाबी गरे । संविधान कार्यान्वयन गर्नको लागि पनि आफूहरु नै लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्