Logo
Logo

विद्युत प्राधिरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने


2.6k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिरकणले गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड कमाएको खुद नाफा सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएको बताएका हुन् ।

सर्वसाधारणलाई सेयर जारी गर्नका लागि इक्रा नेपालबाट एए प्लस रेटिङ पाएको उनको भनाइ छ । सर्वसाधारणलाई सेयर जारी गर्न प्रक्रिया अघि बढिरहेको घिसिङले बताए । सर्वसाधारणमा दिइने विद्युत् गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुलीलगायतका कार्यलाई प्रभावकारी बनाइने घिसिङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्