Logo
Logo

राष्ट्रपतिले सभामुखलाई बोलाए शीतल निवास


1.4k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवास बोलाएर संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गरेका राष्ट्रपति पौडेलले आज (शुक्रबार) बिहान १० बजे सभामुख घिमिरेलाई शीतल निवास बोलाएका हुन् ।

सभामुख घिमिरेसँग पनि राष्ट्रपतिले प्रधानमन्त्री प्रचण्डसँग जस्तै संसदको जारी गतिरोध अन्त्य, संक्रमणकालिन न्याय लगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले जनताको सर्वोच्च निकाय संसद् लामो समय अवरुद्ध हुँदा त्यसले जनतामा नकारात्मक सन्देश प्रवाह भएको भन्दै प्रधानमन्त्रीसँगको भेटमा संसद् सुचारु गर्ने उपाय खोज्न आग्रह गरेका थिए । साउन २ गते भन्सार पास भइ बाहिरिएको अवस्थामा त्रिभुवन विमानस्थलबाट करिब सय किलो अवैध सुन फेला परेको थियो ।

त्यसको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसद्मा बैठक अवरुद्ध गर्दै आएको छ । आज राष्ट्रपति पौडेलले सदनको अवरोध हटाउन पहलस्वरुप सभामुखसँग छलफल गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्