Logo
Logo

महिला विश्वकप फुटबल : आज दई खेल हुँदै


1.6k
Shares

काठमाडौं । महिला विश्वकप फुटबल अन्तर्गत आज (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र नेदरलन्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ । एडेन पार्कमा हुने खेलमा स्विडेनले जापानको सामना गर्नेछ ।

स्विडेनले अहिलेसम्म भएका महिला विश्वकपका सबै ९ संस्करण खेलेको छ । त्यसमध्ये चार अवसरमा स्विडेनसामु विश्वकप जित्ने अवसर थियो । जापान प्रतियोगितामा चुनौती बाँकी राख्न सफल एकमात्र पूर्व विजेता टिम हो । जाम्बिया र कोस्टारिकालाई सजिलै हराएयता जापानले स्पेनलाई समेत चार गोल गरेको थियो ।

नेदरल्यान्ड्सले न्युजिल्यान्डको राजधानी वेलिङ्टनमा स्पेनको सामना गर्दै छ । नेदरल्यान्ड्स टोलीकी स्टार मिडफिल्डर ड्यानिल भान डे डोन्क भने आजको खेलमा हुने छैनन् । अमेरिकाविरुद्धको खेलमा विपक्षी कप्तान लिन्ड्से होरानसँग झगडा गर्दा पहेँलो कार्ड खाएकी उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि कार्ड पाएकी छिन् ।

त्यस्तै, भोलि अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्वियाबीच खेल हुनेछ । १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ । १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ ।

२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पु¥याइएको छ ।

प्रतिक्रिया दिनुहोस्