Logo
Logo

ट्रमा सेन्टरका डाक्टर र नर्सको गैरकानुनी काम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको ट्रमा सेन्टरका नर्स र डाक्टरले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्दैआएका छन् । ट्रमाका नर्सिङ निर्देशक सोचना सापकोटा, डा गौरव ढकाल र डा नवीन पोखरेलले विरामीको स्वास्थ्य माथि खेलवाड गरेको आरोप छ ।

अस्पतालको नियमविपरीत नर्सिङ प्रमुख सपकोटा र डा पोखरेलको मिलेमतोमा आफ्नो नर्सिंङ एनेस्थेसिया तालिम केन्द्रका ४० बिद्यार्थीसँग महिनाको ४ हजारको दरले लिंदै ३ महिना तालिम गराउँदै प्रमाणपत्र दिने गरेको फेलापरेको छ । सापाकोटा र पोखरेलले आफूले पढाउने तालिम केन्द्रका विद्यार्थीसँग यसरी मासिक ४ हजारका दरले लिएर प्रमाणपत्र दिने गरेका छन् । सापकोटाले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल निकट हुँ भन्दै ट्रमाका निर्देशक र कुनै डाक्टरलाई पनि टेर्दिनन् ।

ट्रमा सेन्टरमा अत्यावश्यक र महंगो औषधि टेण्डर गरेर खरिद नगरी अस्पताल बाहिरका पसलेसँग कमिसन खाने गरेको आरोप पनि सापकोटामाथि लाग्ने गरेको छ । उनले अत्यावश्यक औषधि टेन्डर गर्नै नदिने, अस्पतालमा आइसीयु खाली हँुदाहुँदै पनि बेड छैन भन्दै निजी अस्पतालमा पठाएर सापकोटाले लाभ लिने गरेको अस्पताल स्रोत बताउँछ । स्रोतका अनुसार खाली हुँदाहुुँदै पनि निजी अस्पतालसँग कमिसन लिनका लागि सापकोटाले नभएको भनेर फर्काई कमिसन लिने गरेकी छन् । सापकोटाले इलाइट भन्ने अप्रेसन थिएटर(ओटी) र आइसीयु तालिम केन्द्रसँग मासिक कमिसन लिएर ट्रमा सेन्टरमा त्यहाँका ४० विद्यार्थीलाई इन्टर्न गराई प्रमाणपत्र दिने गरेकी छन् । अस्पतालसँग स्वीकृति नै नलिई प्राइभेट तालिम केन्द्रका विद्यार्थीलाई ट्रमामा ल्याएर इन्टर्न गराई प्रमाणपत्र दिने काम उनले निरन्तर गर्दैआएकी छन् । विद्यार्थीसँग लिएको शुल्क अस्पतालको आम्दानीमा राख्नुपर्नेमा सापकोटाले नै लिने गरेको स्रोत बताउँछ । यस्तो गैरकानुनी कार्य हुँदा पनि ट्रमाका निर्देशक डा. प्रमोद यादवले बेवास्ता गर्दैआएका छन् । ट्रमाका डाक्टर तथा कर्मचारीले पटक पटक यसरी गैरकानुनी काम हुने गरेकोबारेमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन । नेकपाको नाम लिंदै उनले अस्पतालको साधनस्रोत प्रयोग गरी विद्यार्थीलाई ल्याउँदै प्रमाणपत्र दिंदा पनि अस्पतालका निर्देशक यादव निरीह छन् ।

सापकोटाले अस्पताल प्रशासनलाई नटेर्ने ट्रमाका अधिकांश डाक्टर बताउँछन् । उनलाई ट्रमाका डा सन्तोष पौडेल, डा गौरव ढकालले समेत साथ दिंदै आएका छन् । अस्थायी, करार, नर्सिङ कर्मचारीको म्यादथप गर्दा, नर्सिङको सिफारिस दिदा पनि उनले कर्मचारीसँग घुस माग्ने गरेको आरोप छ । ट्रमा सेन्टरमा ११, १०, ९ तहका बरिष्ठ डाक्टर छन् । तर यी घुसखोर नर्सको दवदवामा ट्रमा चलेको छ । उनी त खुल्लम खुल्ला स्वास्थ्यमन्त्री र ५ न प्रदेश प्रमुख आफन्त हुन् भन्दै कर्मचारी र डाक्टरलाई धम्काउने गर्दछिन् । उनको बिरुद्धमा अख्तियार, सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा ट्रमा सेन्टरलाई तालिम केन्द बनाएको र पैसा खाएको, अस्पतालमा बेड हुँदाहुँदै पनि बेड छैन भनी निजी अस्पताल पठाउने गरेको , कर्मचारीको म्यादथपमा कमिसन लिने गरेको, ट्रमा सेन्टरको फार्मेसीमा अत्यावश्यक र महंगो औषधि राख्न र टेण्डर गर्न नदिएको भन्दै उजुरी परेको छ । अपरेश गर्ने बिरामीसँग डा. सन्तोष पौडेल र डा गौरव ढकालसँग मिलेर ओटीमै पैसा लिदै औषधि बेच्ने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्