Logo
Logo

अल्पमतले संसद बन्धक बनाउन पाइँदैन : सांसद देव


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले एमालेले गरेको लगातार संसदको अवरोधको विरोध जनाएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए ।

जनताको आवाज राख्न थलो सदनलाई प्रतिपक्षी दल एमालेले बन्धक बनाएको उनको भनाइ छ । ‘प्रतिपक्षी दलको संसद हो आफ्ना कुरा राख्न । तर, बन्धक बनाउन होइन, लामो समय अवरुद्ध गर्न होइन,’ उनले भने, ‘सरकार पनि बहुमतले बनाउँछ । संसद पनि बहुमतले नै चल्छ । अल्पमतले बन्धक बनाउन पाइँदैन ।’ 

संगठित अपराध अन्त्यका लागि गृहमन्त्री र अर्थमन्त्री लाग्दा विरोध गर्न नहुने भन्दै उनले सीआईबीको अनुसन्धानलाई विश्वास नगरी विरोध गरेको देख्दा शंका उठेको बताए । 
 

प्रतिक्रिया दिनुहोस्