Logo
Logo

सरकार राजनीतिक प्रतिशोधमा उत्रियो : चन्द्र भण्डारी


5k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारले राजनीतिक प्रतिशोधमा समय खेरफालिरहेको बताएका छन् । पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेपछि उनले यस्तो आरोप लगाएका हुन् ।

पार्टी संसदीय दलको बैठकअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद भण्डारीले भने, ‘देशमा यतिधेरै समस्या छन्, यतिधेरै लुटपाट र भ्रष्टाचार छन् । राज्य यतातिर पो लाग्नुपर्छ । नचाहिने प्रतिशोधमा राज्यले आफ्नो समय खेर फाल्नु हुँदैन । यो गलत हो ।’

कसैलाई नपचेको कारणले पार्टीको सांसद शर्मा पक्राउ गरेको बताउँदै उनले भने, ‘कसैले जग्गा किनेपछि फिर्ता गर्दैमा उन्मुक्ति पाउने, मीनबहादुरले फिर्ता गरेपछि किन उन्मुक्ति नपाउने ? सुनिल शर्माको केस अदालतले सफाइ दिएको छ । थुन्नुपर्ने किन ?’

प्रतिक्रिया दिनुहोस्