काठमाडौं । निजी विद्यालयहरूले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरूले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपनि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।

निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले विद्यालय शिक्षा विधेयकमा पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई लगायतको विषयप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका थिए ।
हाल कम्पनी ऐन अनुसार सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउँदा आफूहरू समस्यामा पर्ने भन्दै निजी शैक्षिक संस्था सञ्चालकहरूले शनिबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।














